ईलाम जिल्लामा करदाता बढे

<span class='c1'>ईलाम जिल्लामा</span> <span class='c2'>करदाता बढे</span>

विराटनगर १४ मसिर ।

ईलाम जिल्लामा तीन वर्षको अवधिमा छ हजार करदाता थपिएका छन् । सेवाग्राहीलाई जिल्लामै सेवा पु¥याउने उद्देश्यले २०६९ साल वैशाखमा स्थापना गरिएको करदाता सेवा कार्यालयमा छ हजार करदाता थपिएका हुन् । कार्यालय प्रमुख अनमोल दाहालका अनुसार कार्यालय स्थापना हुँदा दुई हजार ८०० करदाता रहेकामा अहिले करदाता नौ हजार पुगिसकेका छन् । चालु आवको चार महिनाको अवधिमा कार्यालयले रु पाँच करोड राजस्व सङ्कलन गरिसकेको जनाएको छ । गत वर्ष रु १३ करोड राजस्व सङ्कलन गरेको यस कार्यालयले नाकाबन्दीका कारण राजस्व सङ्कलन कार्य प्रभावित हुने जनाएको छ । कर सप्ताहको अवसरमा कार्यालयले जिल्लाका विभिन्न स्थानमा प्रचारप्रसार र कर शिक्षा सञ्चालन गरेको समेत प्रमुख दाहालले जानकारी दिनुभयो ।
०००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्