मोरङको कटहरीमा मृत्त अवस्थामा एक व्यक्तिको शव फेला

<span class='c1'>मोरङको कटहरीमा मृत्त अवस्थामा</span> <span class='c2'>एक व्यक्तिको शव फेला</span>

विराटनगर । मोरङको कटहरीमा मृत्त अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

कटहरी-३ स्थित खेल मैदान पछाडि रिङरोड छेउको नालामा अन्दाजी ४२ वर्षीय एक पुरुषको शव फेला परेको हो । मृतक कटहरी-२ जयरामपुरका अशोक ऋषिदेव रहेको स्थानीयले जानकारी दिएका छन् । साईकल सहित पानीमा डुबिरहेको अवस्थामा उनको शव फेला परेको स्थानीयले बताएका छन् ।

घटना बारे थप यकीन विवरण प्राप्त हुन बाँकी छ । घटनास्थलमा हाल मोरङ प्रहरीको टोली अनुसन्धानका लागि पुगेको छ ।

घटनाको प्रारम्भिक अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्