विराटनगर १८ बाट विस्फोट गराउन लागेका सिलिण्डर नियन्त्रणमा

<span class='c1'>विराटनगर १८ बाट विस्फोट</span> <span class='c2'>गराउन लागेका सिलिण्डर नियन्त्रणमा</span>

विराटनगर १५ मंसिर ।

प्रहरीले गएराति विराटनगर १८ जोगवनी सडक खण्डको नहरबाट विष्फोट गराउन लागेको तीनवटा ग्यास सिलिण्डर नियन्त्रणमा लिएको छ । नहरमुनी परालभित्र विष्फोट गराउन लागेको मिनी सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले बताउनुभयो । नहरमा रहेको पुललाई विष्फोट गराइ क्षति पु¥याउने उद्देश्यले सिलिण्डर बम राखिएको हुनसक्ने प्रहरीले जनाएको छ । ग्यास भरिएको सिलिण्ड विष्फोट गराउन परालभित्र राखेको र मट्टितेल समेत छर्किएर विष्फोटको तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ । मोरङ प्रंहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्