सोलुखुम्बुमा माइनस १३ डिग्री सेल्सियस तापक्रम

<span class='c1'>सोलुखुम्बुमा माइनस १३</span> <span class='c2'>डिग्री सेल्सियस तापक्रम</span>

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्री सेलसियसमा झरेको छ ।

यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका कर्मचारीले समेत सोही विधि अवलम्बन गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भूमिराज उपाध्ययले बताउनुभयो ।

पर्यटकीय समय सकिएसँगै यस क्षेत्रका अधिकांश बासिन्दा चिसो छल्नकै लागि राजधानी काठमाडौंलगायत क्षेत्रमा जाने गर्छन् । यस वर्ष पनि धेरैजसो व्यक्ति चिसो छल्न खुम्बु छाडेका छन् भने दैनिक सय हाराहारीमा उडान हुने तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा अहिले दैनिक २/३ उडानमा सीमित बनेको छ ।

खुम्जुङ क्षेत्रका करिब ७० प्रतिशत मानिस चिसो छल्न काठमाडौं गएको स्थानीयवासी पेमायाङ्जी शेर्पाले बताउनुभयो । घरमा ताल्चा लगाएर नै सबै परिवार काठमाडौं गएको उहाँले जानकारी दिनुभयो ।

शान्ति शुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीले भने दैनिक गस्ती गर्ने गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जसमेत भएकाले चोरी शिकारीलगायत अन्य घटना हुन नदिन प्रहरी सधै सक्रिय हुनुपर्ने भएकाले सोहीअनुसार ड्युटीमा खटिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले बताउनुभयो ।

प्रहरीचौकीमध्ये सबैभन्दा बढी उचाइमा खुम्जुङ प्रहरीचौकी पर्छ । पाइपमा पानी जमेका कारण २० मिनेट टाढा मुहानको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रहरी चौकी खुम्जुङका इन्चार्ज प्रहरी हवलदार जय ढकालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्