बन्दले विराटनगरमा विकास निर्माणका काम प्रभावित

<span class='c1'>बन्दले विराटनगरमा विकास</span> <span class='c2'>निर्माणका काम प्रभावित</span>

बिराटनगर मंसिर १६

मधेसी मोर्चाले गरेको लगातारको बन्द र भारतको अघोषित नाकाबन्दीले विराटनगर उपमहानगरपालिकाभित्र भइरहेका विकास निर्माणका काम प्रभावित भएका छन् । विभिन्न अवरोधका कारण नगरभित्रका विकास निर्माणका काम पटकपटक रोकिँदा तोकिएको समयमा सम्पन्न नहुने समस्या देखिएको छ । एक
तीनमहिना लामो बन्दका कारण विराटनगर उप–महानगरपालिकाभित्र निर्माण भइरहेका विकास निर्माणका कामहरु यतिबेला ठप्प बनेका छन् । मधेसी मोर्चाको बन्दले काम ठप्प भएको अवस्थामा भारतले लगाएको अघोषित नाकाकन्दीका कारण इन्धन अभाव हुँदा थप समस्या भएको छ । पछिल्ला केही दिनयता मधेसी मोर्चाका केही जिल्लाका नेताहरुले नगरक्षेत्रभित्र हुने विकास निर्माणका कामहरुलाई कुनै अवरोध नगर्ने प्रतिबद्धता जनाएको भएपनि त्यो स्पष्ट हुन नसक्दा आफ्ना कामदारहरुले काम गर्ने वातावरण नभएको ठेकेदार कम्पनी सिटिसी कालिका कन्ष्ट्रक्सनका व्यवस्थापक उज्ज्वल प्रसाईंको भनाइ छ ।

कामदारले सुरक्षित तरिकाले काम गर्ने वातावरणका साथै इन्धनको व्यवस्था हुने हो भने कुनै पनि बेला काम सुचारु गर्ने उहाँको भनाइ छ । मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजनाअन्तर्गत भइरेको सो विकास निर्माणको काम हालसम्म ३५ प्रतिशतमात्रै सम्पन्न भएको छ । सन् २०१६ सम्ममा सम्पन्न गरिसक्नुपर्ने सो विकास निर्माणका काम समयमै साइड क्लियर हुन नसक्दा साथै भूकम्प र बर्सातका कारण यसअघि नै धेरै ढिलो भइसकेको थियो । यसरी नै परियोजनाको काम दिन प्रतिदिन लम्बिँदै जाने हो भने निकै समस्या हुने परियोजना व्यवस्थापक उपेन्द्र बरालले बताउनुभयो ।

व्यवस्थापक, मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजना
यता विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले भने आफूसँगको कुराकानीमा मधेसी मोर्चाका नेताहरुले विकास निर्माणको काममा कुनै अवरोध नगर्ने प्रतिबद्धता जनाएकाले काम सुचारु गर्न निर्देशन दिएको बताउनुभयो ।

विकास निर्माण सबैका लागि हो । यो वा त्यो कुनै पनि बाहनामा विकास निर्माणका काममा अवरोध सिर्जना गर्नु उचित हुँदैन । तसर्थ यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्