विकास निर्माणका कामहरु तुरन्त सुचारु हुनुपर्नेमा सरोकारवालाहरुको जोड

<span class='c1'>विकास निर्माणका कामहरु तुरन्त</span> <span class='c2'>सुचारु हुनुपर्नेमा सरोकारवालाहरुको जोड</span>

बिराटनगर मंसिर १६

विराटनगर उप–महानगरपालिका भित्रका विकास निर्माणका कामहरु तुरन्त सुचारु हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

बन्द र नाकाबन्दीका कारण नगर क्षेत्रमा अवरुद्ध भएका विकास निर्माणको विषयमा विराटनगर उप–महानगरपालिकाले सरोकारवाला निकायका प्रतिनिधिहरुसँग आज गरेको छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले कुनैपनि बाहानामा विकास निमार्णका कामहरु अवरुद्ध गर्न नहुने भन्दै सबैलाई यस विषयमा गम्भीर हुन आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष तथा सांसद् पवन सारडाले नगर क्षेत्रमा भएका विकास निर्माणका काममा कुनै पनि राजनीतिक दलको आन्दोलनले अवरोध गर्न नुहुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै एमाले, नेपाली कांग्रेस, एमाओवादी, राप्रपा लगायतका दलका जिल्ला नेताहरुले अवरुद्ध भएको काम तुरन्त सुचारु गर्न आग्रह गर्दै आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । लामो समयदेखिको बन्दले अवरुद्ध भएका काममा कुनै अवरोध सिर्जना नगर्ने भनेर यसअघि मधेशी मोर्चाका केहि नेताहरुले उपमहानगरपालिकासँग प्रतिबद्धता जनाएको भएपनि आजको बैठकमा भने मोर्चाका नेताहरु सहभागि भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्