बिराटनगर मंसिर १६
सुनसरी जिल्लाको ईनरुवा नगरपालिकामा मंगलबार सांझ खाना पकाउने क्रममा एक घरमा आगलागी भएको छ। ईनरुवा नगरपालिका ७ स्थित जमिल मन्सुरीको घरमा खाना पकाउने क्रममा चुल्होबाट अचानक आगलागी हुँदा टिनले बनेको एक तले घर र कुखुराको खोरसमेत जल्दा अन्दाजी दुई लाख पचास हजार बराबरको क्षती भएको छ। आगो स्थानीयवासी र प्रहरी चौकी फत्तेपुरबाट खटिगएको प्रहरीको सकृयतामा सोही सांझ नियन्त्रणमा लिईएको थियो ।