विराटनगरमा अहिले विभिन्न वडाहरुमा कोरोना भाईस विरुद्धको खोप लगाउने काम भईरहेको छ । विराटनगर महानगरपालीकाले १८ बर्ष पुरा भएका सबै उमेर समुहलाई आफ्ना वडाका नागरिकलाई जोनसोन खोप लगाई रहेको छ ।
पछिल्लो समय कोरोना भाईरसको संक्रमण पनि बढिरहेका कारण स्वास्थ्य मापदण्डका कुरालाई स्वास्थ्य मन्त्रालयले पालना गर्न आग्रह गरिएको छ । तर कोरोना विरुद्धको खोप लगाउन पुगेका आम सर्वसाधरण भने यसरी खोप केन्द्रमा कुनै पनि स्वास्थ्य मापदण्डका कुरालाई ख्यालमा नराखी चरम लापरबाही तरिकाले खोप लगाईरहेको देखिन्छ । तर ति स्थानलाई व्यवस्थित बनाउन स्थानीय निकायको कुनै पहल देखिदैन । यसै बिच विराटनगर वडा नम्बर १२ को स्वास्थ्य केन्द्रमा मंगलबार देखिएको एक दृष्य यस्तो रहेको छ :
भिडियो: प्रेम देवान