झापामा पत्रकार कुट्नेलाई भयो पाँच बर्ष जेल

<span class='c1'>झापामा पत्रकार कुट्नेलाई भयो</span> <span class='c2'>पाँच बर्ष जेल</span>

बिराटनगर मंसिर १७

पत्रकार रेजिना रोदन र पत्रकार महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि आक्रमणमा संलग्नलाई पाँचपाँच वर्ष कैदको फैसला गरेको छ।

आक्रमणमा संलग्न अर्जुन सुब्बा र विनायक मानन्धरलाई पाँच-पाँच वर्षको कैद फैसला गरेको अदालतका स्रेस्तेदार नवराज आचार्यले जानकारी दिए।पत्रकारद्वयमाथि आक्रमणमा संलग्न अनिस सुब्बालाई नाबालक रहेका कारण बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११ (३) अनुसार बाल सुधार केन्द्र विराटनगरमा २ वर्ष ६ महिना राखेर कैद भुक्तान गर्नसमेत फैसला गरेको स्रेस्तेदार आचार्यले बताए।

विसं २०७१ कात्तिक २ गते विष्णुमाया गौतमको जाहेरीले जिल्ला अदालत झापामा दर्ता भएको उक्त मुद्दाका अभियुक्तहरुले अर्जुनधारा दैनिकमा कार्यरत पत्रकार रोदन र बराललाई कार्यालयको काम सम्पन्न गरेर घर फर्कने क्रममा बीच बाटोमा आक्रमण गरेर घाइते बनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्