विराटनगर । पुष्पलाल चौकस्थित किसानपेडिया सर्भिस प्रा.लि.ले अर्गानिक कौशी खेतीका आवश्यक ४ वटा स्किम सार्वजनिक गरेको छ ।
पुष्पलाल चौकमा अवस्थित रहेको किसानपेडियाले बिषादी रहित कौशी खेतीका लागि आवश्यक विभिन्न मुल्यका ४ प्याकेज सार्वजनिक गरेको हो । किसानपेडियाले न्युनतम १ हजार ५०० देखि अधिकतम १६ हजारसम्मको स्किम ल्याएको छ । उक्त स्किम लिने उपभोक्ताहरुले बालीलाई चाहिने आवश्यक पोषणतत्व र खाद्यपदार्थ लगायतका सामाग्री बजारभन्दा सस्तो मुल्यमा प्राप्त गर्नेछन् ।
जसमा १६ हजार ८७५ मुल्यको पहिलो स्किम लिने ग्राहकहरुले १० किलो कोकोपिट, ५० केजी गड्यौला मल, २ वटा दुईतह स्टयाण्ड, २० वटा ग्रो ब्याग, १ लिटर इ एम, ११० लिटर कम्पोष्ट विन, १ लिटर थोपा सिँचाई सेट र हाते हुक १ थान प्राप्त गर्नेछन् । यस्तै ५ हजार ३७५ रुपैयाँ मुल्यको स्किम लिने ग्राहकले ५ केजी कोकोपिट, २५ केजी गड्यौला मल, एउटा दुई तह स्टयाण्ड र १० वटा ग्रो ब्याग प्राप्त गर्ने जनाईएको छ ।
यस्तै २ हजार ५ सय मुल्यको स्किम लिने ग्राहकले १० केजी कोकोपिट, १० केजी गड्यौला मल, १० पिस ग्रो ब्याग, २ लिटर क्षमताको एउटा हाते प्लाष्टिक स्प्रेयर र १ लिटरको इ एम प्राप्त गर्ने किसानपेडियाका सञ्चालक राजेश मेहताले बताए । उनले मात्र १ हजार ५०० रुपैयाँ मुल्यको स्किम लिने ग्राहकले ५ केजी कोकोपिट, ५ केजी गड्यौला मल, १० पिस ग्रो ब्याग र १००० एम.एलकोे इ एम प्राप्त गर्ने जानकारी दिए ।
बजारमा बिषादीरहित तरकारी बाली र कौशी खेतीको बढ्दो मागलाई दृष्टिगत गर्दै उक्त स्किम ल्याईएको कम्पनीले जनाएको छ । सञ्चालकले भने प्रदेश नं. १ लाई लक्षित गर्दै उक्त प्याकेज ल्याएको जानकारी दिएको छ ।