आफ्नै बुबाको हत्यामा संग्लग्न छोरा पक्राउ

<span class='c1'>आफ्नै बुबाको हत्यामा</span> <span class='c2'>संग्लग्न छोरा पक्राउ</span>

बेलवारी । मोरङको बेलवारी नगरपालिका वडा ९ डाँगा बजारका ३५ बर्षीय जय बहादुर खत्रीलाई आफ्नै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

बुधवार राती करिब १०::३० बजेको समयमा खत्रीले आफ्नै बुबा ८० बर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायशी बिषयमा बुबासंग बादबिबाद गरेको र बादबिबादकै क्रममा रिशको आवेगमा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

हत्याको आरोपमा पक्राउ परेका खत्रीको घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्