झापामा बढी जनसङ्ख्या मेचीनगरमा

<span class='c1'>झापामा बढी</span> <span class='c2'>जनसङ्ख्या मेचीनगरमा</span>

झापा । राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ । मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ ।

त्यसपछि विर्तामोड र दमकको जनसङ्ख्या बढी छ । विर्तामोडको एक लाख १७ हजार ३५५ र दमकको एक लाख सात हजार ४१० रहेको छ ।

सबैभन्दा सानो पालिका हल्दिबारी हो जसको जनसङ्ख्या ३३ हजार ५४ रहेको छ । बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार अर्जुनधारा (८४,४२९), बाह्रदशी (३७,९१६), भद्रपुर (७०,८२३), बुद्धशान्ति (५२,९११), गौरादह (६०,५९८), गौरीगञ्ज (३६,०५८), हल्दिबारी (३३,०५४), झापा (३९,३७२), कचनाकबल (३९,३७२), कमल (५३,७१०), कनकाई (५३,०८८) र शिवसताक्षी (७३,४६०) रहेको छ ।

नयाँ जनगणना २०७८ अनुसार झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० रहेको छ । जसमा महिला पाँच लाख १६ हजार ५९४ र पुरुष चार लाख ७७ हजार ४९६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्