निजी कम्पनीका बीउ बजारमा आपूर्ति नहुँदा पूर्वाञ्चलमा बीउको अभाव

<span class='c1'>निजी कम्पनीका बीउ बजारमा आपूर्ति</span> <span class='c2'>नहुँदा पूर्वाञ्चलमा बीउको अभाव</span>

विराटनगर १७ मंसिर ।
सरकारले पर्याप्त अनुदानको गहुँको बीउ उपलब्ध नगराउँदा र निजी कम्पनीका बीउ बजारमा आपूर्ति नहुँदा पूर्वाञ्चलमा बीउको अभाव भएको छ । गहुँ लगाउने ‘पिक सिजन’ सकिनलाग्दा पनि अझै किसानले गहुँको बीउ पाउन सकेका छैनन् । गहुँ छर्न ढिलाइ भइरहेको भन्दै बीउ खरिद गर्न थोक बिक्रेताकामा किसानको ओइरो लाग्ने गरेको छ । तर डिलरले गहुँको बीउ नभएको भन्दै किसानलाई रित्तो हात फर्काउने गरेका छन् । “गहुँको बीउ बजारमा कहीँ कतै पाइँदैन, भारतबाट पनि बीउ आउँदैन, अब के गरी गहुँ उब्जाउने हो,” –मोरङ बबियाबिर्ताका किसान अशोक कामतले भन्नुभयो, “ग्रामीण क्षेत्रका बजारमा त बीउ पाइँदै, पाइँदैन । पटकपटक धाएर सहरमा पुग्दा पनि बीउ पाउन मुस्किल छ ।” कृषि विकास अधिकृत राजेन्द्र उप्रेतीले सरकारले अनुदानको गहुँको बीउ कोटाअनुसार उपलब्ध नगराएकाले बीउको चर्को अभाव भएको बताउनुभयो । सरकारले राष्ट्रिय बीउबिजन कम्पनीले उत्पादन गरेको उन्नत जातको बीउ किसानलाई कोटाका आधारमा अनुदानमा वितरण गर्ने गरेको छ । पहिले साल्ट ट्रेडिङ कम्पनीले पनि बीउ वितरण गर्ने गर्दथ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्