तराई मधेशमा जारी आन्दोलनको कारण पूर्वाञ्चलमा १५ अर्बको नोक्सानी

<span class='c1'>तराई मधेशमा जारी आन्दोलनको  कारण</span> <span class='c2'> पूर्वाञ्चलमा १५ अर्बको नोक्सानी</span>

बिनु तिम्सिना
बिराटनगर मंसिर १८
विराटनगरमा उद्योगीहरुले तराई मधेशमा जारी आन्दोलनको क्रममा पूर्वाञ्चलमा १५ अर्ब ९५ करोड ४६ लाख आर्थिक नोक्सानी भएको बताएका छन ।
द्योग संगठन मोरङले आज विराटनगरमा सरकारलाई दिएको सुझावका विषयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उद्योगीहरुले डिटेन्सन, कन्टेनर चार्ज, गाडीमा रहेको बस्तुको बैक ब्याज, बन्द अबधीको लगानीको बैक ब्याज, विद्युतको डिमाण्ड शुल्क, लगायत गरेर पूर्वमा सो बराबरको क्षति भएको बताएका हुन । उनिहरुले सरकारलाई अहिले आर्थिक संकटको अबस्था रहेकोले बैङकले गर्ने जम्मा रकम र लगानीको रकमबाट बच्न आउने करिव तिन प्रतिशत रकम उद्योगीहरुको ब्याजको रुपमा मिनाहा गर्न समेत माग गरेको उद्यो संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले बताउनुभयो । उद्योग संचालन गर्नका लागि सहज रुपमा ठुलो मात्रामा डिजेल पेट्रोल चाहिने भएपनि सहज रुपमा नपाउदा समस्या भएकाले खुल्ला रुपमा किनेर ल्याइने तेलको खर्च लेख्न पाउनुपर्ने उहाले माग गर्नुभयो । भारतबाट सामान आयात गर्नका लागि विहार पुलिसले अबरोध गर्ने गरेको उद्योगीहरुको गुनासो छ । त्यसैगरी संगठनले सरकारलाइ सौर्य उर्जाका लागि कानुनी ब्यवस्था गरेर ब्यवस्थि रुपमा अघि बढाउनुपर्ने, विराटनगर किमाथांका सडक ट्रयाक खोलेर चाडै संचालनमा ल्याउनुपर्ने, कोशी पुलको विकल्प ब्यवस्था गर्नुपर्ने, र विराटनगरलाई विशेष आर्थिक क्षेत्र घोषणा गर्नुपर्ने लगायतका सुझाव दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्