मोरङ धनपालथानमा फेला परेको श्रेष्ठको शव परिवारले बुझे, अन्त्येष्टि सिंघियामा

<span class='c1'>मोरङ धनपालथानमा फेला परेको श्रेष्ठको</span> <span class='c2'>शव परिवारले बुझे, अन्त्येष्टि सिंघियामा</span>

विराटनगर । हत्यापछि मोरङको धनपालथान–७ स्थित उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेकोमध्ये एकजना व्यक्ति जग्गाको कारोबार गर्ने रहेको खुलेको छ । सुनसरीको धरान–३ घर भई भक्तपुरको लोकन्थलीमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ जग्गा कारोबारी रहेको खुलेको हो ।

प्रहरीले शवको पहिचान गरेसँगै आफन्तलाई झिकाएसँगै मृतक श्रेष्ठ बारेको पृष्ठभूमि केलाएको छ । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आफन्त आएसँगै मृतकको पृष्ठभूमि बारे सोधपुछ सकाएको बताउनुभयो । आफन्तले शुक्रबार शव बुझेर सिंघियामा अन्त्येष्टि गरेका छन् ।
गत बुधबार धनपालथानको बोर्डिङ्गटोलदेखि ५०० मिटर दुरीमा रहेको गंगाप्रसाद सिंहको उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको थियो । त्यसको भोलिपल्ट बिहीबार अर्का किसान बजरंगी सिंहको उखुबारीमा त्यस्तै खाल्डो देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले खाल्डो खन्दा श्रेष्ठको शव फेला पारेको थियो ।

घटनाको विषयमा प्रहरीले विशेष अनुसन्धान सुरु गरेको छ । जग्गाको बारोबारी भएका कारण लेनदेन वा कारोबारमा नमिलेको रिसईबी साँध्न हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता श्रेष्ठले घटनाको अनुसन्धान विशेष ढंगले सुरु गरिएको जानकारी दिनुभयो । आफन्तसँग प्रारम्भिक सोधपुछ गरेसँगै श्रेष्ठको कारोबारको विवरण, उनीसँगै कारोबारमा रहेका साझेदार, प्रयोग गरिएको मोवायल तथा सामाजिक सञ्जालसम्म पुगेर अनुसन्धान सुरु गरेको हो ।
प्रहरीले उस्तै प्रकृतिका दुईवटा शव एकै स्थानमा भेटिएकोले घटनालाई गम्भीर रुपमा लिएको छ । उखुबारीलाई कभर बनाएर खाल्डो खनेर गाडिएका शव भएका कारण अपराधमा एउटै समूह सहभाभी भएको हुनसक्ने अनुमान गरिएको छ । मृतक श्रेष्ठ जग्गाको कारोबारका लागि भन्दै ४० दिन अगाडी भक्तपुरबाट पूर्व हिडेको परिवारले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्