विराटनगर । किराँत याक्थुङ चुम्लुङ विराटनगर महानगरपालिकाको अध्यक्षमा टिका नाल्वो चोङवाङ सर्वसम्मतले चयन भएका छन् ।
विराटनगरमा शनिबार सम्पन्न छैठौं अधिवेशनबाट अध्यक्ष चोङवाङ सहित २२ कार्यसमित सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा सरण याक्सो, दुर्गा प्र. तुम्रुक, सचिवमा लक्ष्मी मेन्याङ्वो, सहसचिवमा मिलन नेम्वाङ, कोषाध्यक्षमा, हरिन्द्र सेनीहाङ, सह कोषध्यक्षमा धर्म लिम्बू त्यस्तै सदस्यमा तिर्था सुब्बा, सरिता सुब्बा, विकास इजम, खड्ग संयोक, चन्द्र लावती, करण बोखीम, शर्मिला खापुङ, गौरी तुम्बहाम्फे, धर्म हुक्पाचोङबाङ, तुलसा सम्बहाम्फे, मंगल सिंह चेम्जोङ, मनकुमारी लिम्बु, राम पाक्सावा र डम्बर हुक्पाचोङवाङ सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यक्रमा स्वागत मन्तव्य राख्दै चुम्लुङका पूर्वअध्यक्ष मनोज मेन्याङवोले पहिचान, भाषा, संस्कार संकृती प्रथा जन्य कानुन लगायतका विषयमा गम्भिर भएर भावनात्मक हिसावले अगाडी बढ्नुपर्नेमा जोडदिएका छन् । उनले संस्था चलायमान राख्न आर्थिक विषय पारदर्शी हुनुपर्ने बताए ।
यस्तै किँरात यायोख्खाका अध्यक्ष विष्णु राईले सम्पूर्ण आदिवासी संघसंस्थामा भाइचारा रहेको बताउदै आगामी दिनमा पनि सोहि हिसाबले सहकार्य गर्ने तत्पर रहने प्रतिवद्धता जनाइन् । कार्यक्रममा किरात कार्यक्रमका प्रमुख अथिति रहेका याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य नारायण याक्सो, आदिवासी जनजाती महासंघ मोरङका जिल्ला अध्यक्ष दिलबहादुर थेवे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।