विराटनगर । मोरङको धनपालथान ७ बोर्डिङटोलस्थित उखुबारीमा हत्या गरेपछि खालड खनेर गाढेकोमध्ये अर्को व्यक्तिको समेत पहिचान खुलेको छ । शव फेला परेको चारदि नपछि परिवारले सनाखत गरेका हुन् ।
बुधबार खाडलबाट निकालिएको शव सप्तरीको सम्भूनाथ नगरपालिका ४ घर भइ काठमाण्डौंको क्षेत्रपार्टी बस्दै आएका ३२ वर्षिय सम्भू चौधरी रहेको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभएको छ । शनिबार मृतक चौधरीका परिवारले शव पहिचान गरेपछि मोरङ प्रहरीमा आइतबार सनाखत गरेका छन् ।
‘चौधरीले घरबाट लगाएर निस्किदाको टिर्सट, हातमा लगाएको डोरोले परिवारले पहिचान गरेका हुन् । यस अगाडी बिहीबार त्यहि उखुबारीको अर्को खाल्डोबाट धरान–३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठको शव निकालिएको थियो । यी दुवैजना एकअर्काका साथी र साझेदार रहेको प्रहरीले बताएको छ ।
मोरङ प्रहरीका एसपी जनार्दन जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ । तर कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुनेछ । अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको र चौधरी घर तथा बाटो बनाउने पेटिठेकेदार रहेको परिवारले प्रहरीसँग बताएका छन्।
प्रहरीले दुवैजनालाई एकै समूहले हत्या गरेर त्यहाँ ल्याएर गाडेको हुनसक्ने अनुमान गरेको छ । एकअर्काका चिनजान र साझेदार श्रेष्ठ र चौधरी हत्याको विषयमा प्रहरीले थप पाटो केलाउँदै अनुसन्धानलाई अगाडी बढाइ रहेको छ ।