एमाओवादी मोरङका ७३ जना नेता कार्यकर्ताहरुले आज पार्टि परित्याग गरे

<span class='c1'>एमाओवादी मोरङका ७३ जना नेता</span> <span class='c2'>कार्यकर्ताहरुले आज पार्टि परित्याग गरे</span>

बिनु तिम्सिना  

बिराटनगर मंसिर १८

एमाओवादी मोरङका ७३ जना नेता कार्यकर्ताहरुले आज पार्टि परित्याग गरेका छन् ।
एमाओवादीका जिल्ला सचिव खेमराज प्रधान बलिदान, सचिवालय सदस्य देवराज भण्डारी, जिल्ला कार्यसमितिका सदस्य तेजलाल कर्ण, बासु बराल, खगेन्द्र भण्डारी लगायतका ७३ जना सदस्य तथा कार्यकर्ताहरुले आज सामुहिकरुपमा पार्टि परित्याग गरेको घोषणा गरेका हुन् । नयाँशक्तिले आज विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा उनिहरुले पार्टि परित्याग गर्दै नयाँ शक्तिमा प्रवेश गरेको घोषणा समेत गरेका छन् । कार्यक्रममा बोल्दै नयाँशक्तिका केन्द्रीय अभियान्ता राजेन्द्र किँरातीले सरकार र पार्टिको शक्तिमा बसेर गरेको अनियमिता र भ्रष्टाचारको पोल खुल्ने डरले अन्य दलका नेताहरुले नयाँशक्तिको विरोध गरेको बताउनुभयो ।

देशलाइ आर्थिक समृद्धि तर्फ उन्मुख गराउदै नयाँ शक्तिले सबै वर्ग र र जातीलाइ समान अधिकार प्रदान गर्ने उहाले बतनाउनुभयो । बाबुराम भट्टराइ र उहाँको नया शक्तिलाइ राष्ट्रघाति भनेर आरोप लगाइएको भएपनि आफुहरु विचलित नहुने उहाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्