विराटनगर लियो ग्रिनसिटीले गर्यो चित्र प्रतियोगिता

<span class='c1'>विराटनगर लियो ग्रिनसिटीले</span> <span class='c2'>गर्यो चित्र प्रतियोगिता</span>

विराटनगर २० मंसिर ।
लियो क्लब अफ विराटनगर ग्रिन सिटीको आयोजनामा चित्रकला प्रतियोगीता सम्पन्न भएको छ ।
विराटनगर १८ मा रहेको विद्या सदन ईङ्गलिस बोडिङ्ग स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाईको चित्र प्रतियोगिता गराईएको थियो । लियो सप्ताह कार्यक्रम अन्र्तगत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ प्रतियोगिता गराईएको ग्रिनसिटीका अध्यक्ष मनिस शाहले जानकारी दिनुभयो ।
चित्रकला प्रतियोगिता अन्र्तगत कक्षा आठमा अध्ययनरत शुभन्कर थापा प्रथम, कक्षा१० मा अध्ययनरत आकिृती खड्का दोस्रो र कक्षा ९ मा अध्ययनरत नेहा मण्डल तृतिय भएको अध्यक्ष शाहले जानकारी दिनुभयो । साथै कार्यक्रममा लायन्स क्लबका एडभाईजर लायन देवकिशन मुन्दडा, स्कुलका भ्वाईस प्रिन्सीपल कृष्ण कुमार श्रेष्ठ,कोअडिनेटर सारोवर सहनी, सञ्जय श्रेष्ठ लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा लायन्स क्लब अफ विराटनगर ग्रिन सिटीका अध्यक्ष सितला सुब्बाले क्लबले गरेका अतिविधी र लायन्स ,र लियोको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्