मानगढ खानेपानी योजनाको ११ अाैं वार्षिक साधारणसभा ।

<span class='c1'>मानगढ खानेपानी योजनाको ११</span> <span class='c2'>अाैं वार्षिक साधारणसभा ।</span>

विराटनगर २० मंसिर ।
विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मानगढ खानेपानी योजनाको ११ वार्षिक साधारणसभा विराटनगरमा आज सम्पन्न भएको छ । साधारणसभामा खानेपानी सुरक्षा योजनालाइ थप व्यवस्थितगर्न पानीको गुणस्तर सुनिश्चिततालाइ निरन्तरता दिने, खानेपानी योजनको क्षमता वृद्धिगर्न पाचथान डिप टुवेल थप जडानगर्ने, १८ किलोमिटर लाइन थप विस्तारगर्ने, जेनेटर र जेनेटरको घरको व्यवस्थागर्ने तथा वातावरण सरसफाइ कार्यक्रम संचालनगर्ने जनाइएको छ ।
कार्यक्रममा सस्थाका अध्यक्ष रामवहादुर घिमिरेले संस्थाको प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्नुहुदै खानेपानी सरसफाइ राष्ट्रिय उपभोक्ता महासंघका अध्यक्ष राजेन्द अर्यालले उपभोक्तालाइ स्वच्छ एंव गुणस्तरयुक्त पानी वितरणका लागी संस्थाको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्