ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

<span class='c1'>ट्रकको ठक्करबाट मोटरसाईकल</span> <span class='c2'>चालकको मृत्यु</span>

झापा । झापाको बिर्तामोड नगरपालिका वडा ६ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा ८ बस्ने २७ बर्षीय बम बहादुर लेप्चा रहेका छन । आज बिहान करिब १० बजे पुर्व तर्फ गईरहेको बा. ०३-००१ ख २१४० नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-१५ प १७६५ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक लेप्चा र मोटरसाईकल पछाडि सवार सोही स्थानका २५ बर्षीय नारद लेप्चा घाईते भई उपचारको लागि बी एन्ड सी अस्पताल बिर्तामोड लगिएको थियो। उपचारको क्रममा बम बहादुर लेप्चाको मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक मकवानपुर भिमफेदीका सन्तोष निजारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्