श्रेष्ठ र चौधरी हत्या प्रकरण : घटनाको ‘क्लू’ खोज्दै मोरङ प्रहरी

<span class='c1'>श्रेष्ठ र चौधरी हत्या प्रकरण :</span> <span class='c2'>घटनाको ‘क्लू’ खोज्दै मोरङ प्रहरी</span>

विराटनगर । मोरङ धनपालथान–७ को उखुबारीमा हत्यापछि खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुईवटा शवसँग जोडिएको घटना अनुसन्धानमा मोरङ प्रहरीलाई ‘क्लू’ खोज्नै सकस परेको छ । उखुबारीको खाल्डोबाट माघ १३ र १४ मा दुईवटा शव निकालिएको थियो ।
मोरङ प्रहरीले घटना भएको एकसाता बित्दासम्म घटनाको ‘क्लू’ समेत पत्ता लगाउन नसकेको हो । माघ १३ मा भेटिएको शव सप्तरी घर भएका शम्भु चौधरी र १४ गते सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको रहेको पुष्टि भईसकेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनाबारे अनुसन्धान गरिरहेको छ । मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले घटना अनुसन्धानले नयाँ मोड लिएपनि अहिले नै सार्वजानिक गर्नसक्ने अवस्था आईनसकेको बताउनुभयो । प्रहरीले हत्या गरिएको घटनास्थल भने अहिलेसम्म पत्ता लगाउन सकेको छैन । उखुबारीमा खाल्डो खनेर शव व्यवस्थापन मात्रै गरेको हुनसक्ने प्रहरीले ठम्याई गरेपनि घटना भएको स्थलसम्म अहिलेसम्म पुग्न नसकेको हो ।

मृतक चौधरी सप्तरीको शम्भुनाथ नगरपालिका–४ का स्थानीय हुन् । उनी काठमाडौंको क्षेत्रपाटी बस्थे । जग्गा कारोबार र ठेक्कापट्टा गर्ने चौधरी काठमाडौंबाट ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठसँगै काठमाडौंबाट मोरङ गएका थिए । श्रेष्ठ र चौधरी व्यवसायी नै थिए । श्रेष्ठ र चौधरी काठमाडौंबाट सँगै एक महिनाअघि बिराटनगर गएको बताइन्छ । उनीहरु दुवैलाई एउटै समूहले हत्या गरेर सँगसँगै गाडेको हुनसक्ने अनुमान प्रहरीको छ । हत्या र शव व्यवस्थापनको प्रकृति मिलेपछि प्रहरीले यस्तो अनुमान लगाएको हो ।

मृतक दुबैले केही व्यत्तिहरुसँग पैसा लिनुपर्ने र कसैलाई दिनुपर्ने कारोबार देखिएपनि प्रहरीले त्यसलाई खुलाएको छैन । तर, लेनदेनमा संलग्नहरुसँग बुझ्नका लागि प्रहरीले सुनसरीदेखि काठमाण्डौंसम्मका व्यक्तिहरुसँग सोधपुछ गरिरहेको बताइन्छ ।
घटना अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत डीएसपी मन्जिल मुकारुङ नेतृत्वको टोलीले काठमाडौंसम्म पुगेका छन् । प्रहरी उपरीक्षक जिसीले अनुसन्धानका लागि पुग्नुपर्ने ठाउँ सबैतिर प्रहरी परिचालित भएको दावी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्