हबिबकाे इरिक्सा किन्ने सपना साकार भयाे

<span class='c1'>हबिबकाे इरिक्सा किन्ने</span> <span class='c2'>सपना साकार भयाे</span>

विराटनगरका रिक्सा मजदुर माेहम्मद हबिबले इरिक्सा मालिक बन्ने इच्छा उज्यालाे अनलाइनका पत्रकारलाइ सुनाउदा  अाफ्नाे सपना पुरा हुन्छ भन्ने साेचेका थिएनन् । तर लेखक तथा साहित्यकार ब्रजेश खनाल र उनकाे छाेरीहरूकाे पहलमा उनकाे सपना अाज पुरा भयाे ।
उनकाे बारे छापीएकाे समाचार पढेर ब्रजेशले केहि अन्यकाे सहयाेगमा रकम संकलन गरी हबिबकाे लागी २ लाख ३५ हजार रूपैया पर्ने इरिक्सा खरिद उपलब्ध गराएका छन् ।

विराटनगर–११ स्थित सुकुम्बासी बस्तीका ५६ वर्षीय मोहम्मद हबिब २०३६ सालदेखि विराटनगरमा रिक्सा कुदाउँदै आएका छन् । रिक्सा चलाएर नै उनले ५ जनाको परिवार पालिरहेका छन् । वृद्ध अवस्थासँगै डाइवेटिज र ज्वरोले थलिन थालेका उनको रिक्सा नै बाँच्ने आधार हो । तर केही दिनयता भने बिरामी परेर थलिएका उनी रिक्सा कुदाउन नसक्ने भएका थिए । आम्दानीको अन्य स्रोत नहुँदा र अन्य पेसा पनि नहुँदा दुःख गरेर परिवार पाल्दै आएका उनी बजारमा सिटी रिक्सा आएपछि थप समस्यामा परेका थिए ।

दुई दिन रिक्सा कुदाउदा १० दिन आराम गर्नुपर्ने अवस्थामा दाताले दिएको सिटी रिक्साले आफ्नो गुजारा अब सजिलो गरी चल्ने भन्दै उनी निकै हर्षित बनेका छन् । सिटी रिक्सा आफ्नो आँगनमा देख्दा आफूलाई सपनाजस्तै भएको उनी सुनाउँछन् ।

भर्खरै उद्योगमा जागिर खान थालेका छोराको पनि बन्दका कारण जागिर टुटेपछि उनको परिवारले थप आर्थिक संकट भोग्नुपरेको थियो । सिटी रिक्सा निस्कनुअघि दैनिक ४/५ सय कमाउने उनी अहिले दुई सय मात्र कमाउने गरेका थिए । तर, बल प्रयोग गर्नु नपर्ने र छिटो हुने भएकाले पनि अब धेरै आम्दानी लिन सकिने भन्दै उनी खुसी भएका छन् ।habib eriksha (3)

habib eriksha (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्