विराटनगर जुटमिल जाेगाउन दवाब समितिकाे अान्दाेलन सुरू

<span class='c1'>विराटनगर जुटमिल जाेगाउन दवाब</span> <span class='c2'>समितिकाे अान्दाेलन सुरू</span>

१५ महिनादेखि वन्द रहेको विराटनगर जुटमिल संचालन एंव संरक्षणको माग गर्दै संयुक्त सघर्ष नागरिक दवाव समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
समितिले विराटनगर रानीस्थित जुटमिलमा आज पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो । मिल संचालनका लाागि मिल सञ्चालन समितिलाई पटकपटक निवेदन दिइएकोमा समितिले त्यसको वेवास्ता गरेपछि वाध्य भएर आन्दोलमा उत्रनुपरेको समितिको भनाइ छ । संयुक्त संघर्ष समितिका अध्यक्ष नानीकाजी श्रेष्ठले, मिल संचालक समितिले १५ दिनभित्र मिल संचालन गर्ने प्रतिवद्धता जनाएपनि भौतिक संरचना विक्रि गर्नेतर्फ ध्यान केन्द्रित गरेको बताउनुभयो ।

मिलको कराडौ मूल्य पर्ने भौतिक चलअचल सम्पति विक्रि गरेर संचालक समितिले ५ लाखको मात्र समान विक्रि गरेको देखाएको उहाँको भनाइ छ । सर्घष समितिले मिल बचाउन र मिल संचालनका लागी आफुहरुले आन्दोलनको घोषणा गरेको जनाएको छ । जसअनुसार मिल संचालन समितिको कार्यालयमा धर्ना लगायतका कार्यक्रम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्