राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मधेसी मोर्चाबाट अलग हुने निर्णय

<span class='c1'>राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मधेसी</span> <span class='c2'>मोर्चाबाट अलग हुने निर्णय</span>

बिराटनगर मंसिर २२

मधेसी मोर्चाले गैह्रजिम्मेवारी र हिंसात्मक आन्दोलन गरेको भन्दै मोर्चाको प्रमुुख घटक राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मधेसी मोर्चाबाट अलग हुने निर्णय गरेको छ । गठबन्धनले आज राजधानीमा गरेको पत्रकार सम्मेलनमा शान्तिपूर्ण आन्दोलनको विकल्प नभएको भन्दै वार्ता र संवादबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । गठबन्धनले ‘मधेसी मोर्चासँग गरेको ८ बुँदे सम्झौताको उल्लंघन भएको’ भन्दै गठबन्धनले ‘आफ्ना हक, अधिकार सुरक्षित गर्न शान्तिपूर्ण आन्दोलन गर्ने’ जनाएको छ । ‘राष्ट्रिय स्वाधिनतालाई आँच पुग्नेगरि र मानवीय संकट आउनेगरि कुनैपनि क्रियाकलापमा गठबन्धन सहभागी नहुने’ निर्णय पनि गठबन्धनले गरेको छ । सो अवसरमा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष शमीम अन्सारीले ‘संविधान संशोधन गरेर समस्या सामधान गर्न सरकार लचिलो हुनुपर्ने’ बताए । उनले ‘आफूहरुको आन्दोलन हिंसात्मक नहुने र शान्तिपूर्ण वर्ताको पक्षमा रहेको’ बताए । गठबन्धनका महासचिव मोहम्मद जाकिर हुसैनले ‘गठबन्धनसँगको सम्झौताविपरीत सरकारसँगको वार्तामा मोर्चा एक्लै सहभागी भएको, मुस्लिमका मागकाबारेमा मोर्चाले बेवास्ता गरेकाले अलग भएको’ जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्