सुनको मूल्यमा प्रतितोला रु.५०० ले वृद्धि

<span class='c1'>सुनको मूल्यमा प्रतितोला</span> <span class='c2'>रु.५०० ले वृद्धि</span>

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु.५०० ले बढेर रु.९३ हजार १०० पुगेको छ ।

पहेँलो धातु सोमबार प्रतितोला रु.९२ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन रु.९२ हजार १०० थियो ।

यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु.एक हजार २६० कायम रहेको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्