भ्रष्टचारीलाई राजनितिक संरक्षण नदिऔं

<span class='c1'>भ्रष्टचारीलाई राजनितिक</span> <span class='c2'>संरक्षण नदिऔं</span>

 

प्रेम देवान

विराटनगर २३ मंसिर ।

नेपालमा प्रशासनिक क्षेत्रमा भ्रष्टाचार हुने र त्यसलाई राजनितिक संरक्षण मिल्ने गरेकाले पछिल्लो समय भ्रष्टाचारले गाउ स्तरसम्म जरा गाडेकोमा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन ।

आज ९ डिसेम्बर अर्थात अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवशको अबसर पारेर विराटनगरमा एन्टी करप्सन मोमेन्टले आयोजना गरेको भ्रष्टाचार विरुद्ध पत्रकार सहकार्य कार्यक्रमका सहभागिहरुले आर्थिक पारदर्शिता र त्यसमा स्थानियको पहुच बढाउन सके भ्रष्टाचार कम हुने बताएका छन् ।
पछिल्लो समय भ्रष्टाचार सस्कृति बन्दै गएको भन्दै यसलाई निर्मुल पार्न सामुहिक सहकार्य र एकताको खाचो रहेको बताएका छन् । उनिहरुले ठुला ठुला आर्थिक परियोजनामा हुने गरेको भ्रष्टाचारले अहिले बालक्लव समेत नराम्ररी प्रभावित हुन थालेको भन्दै चिन्ता ब्यक्त गरेका हुन ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्सालले पत्रकारिताको माध्यमबाट भ्रष्टाचार कम पत्रकारहरुले महत्वपुर्ण भुमिका निर्वाह गरीरहेको बताउनुभयो । उहाले ब्यवसायिक पत्रकारिता , प्रेस तथा अभिब्यत्ति स्वतन्त्रता भए भ्रष्टाचार निर्मुल पार्न सकिने बताउनुभयो ।
एन्टी करप्सन मोमेन्टका अध्यक्ष पारुल क्षेत्रीले समाजले भ्रष्टाचार स्वीकारेका कारण भ्रष्टाचारले प्रसय पाएको बताउनुभयो । उहांले कसैले पर्स, साइकल चोरे लुकाउने तर भ्रष्टाचार गरेर कार किने शान देखाएर हिड्दा पनि कसैले योकहांबाट आयो भनेर नसोध्ने गर्नाले भ्रष्टाचारीको मनोबल बढ्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्ट, पत्रकारहरु, अडिटर्स, निजि विद्यालयका शिक्षक लगायत अन्य सरोकारवालाहरुले भष्ट्रचार बिरुद्ध वोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्