बढ्यो सुनचाँदीका मूल्य

<span class='c1'>बढ्यो सुनचाँदीका</span> <span class='c2'>मूल्य</span>

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु.३०० ले उकालो लागेर रु.९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु.९३ हजार १००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन रु.९२ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.२० ले बढेर रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्