शहरी क्षेत्रमा सौर्य उर्जाप्रती सर्वसाधारणको आकार्षण बढ्दै

<span class='c1'>शहरी क्षेत्रमा सौर्य उर्जाप्रती</span> <span class='c2'>सर्वसाधारणको आकार्षण बढ्दै</span>

प्रेम देवान
मंसिर, २३ विराटनगर
लामो समय सम्म भारतको अघोषित नाकावन्दी र उर्जा संकटका कारण शहरी क्षेत्रमा सौर्य उर्जाप्रती सर्वसाधारणको आकार्षण बढ्न थालको छ ।
इन्धनको अभाव र बढदो लोडसेडिंङका कारण सोलार होम सिस्टम प्रती आकार्षण वढेको हो । सर्वसाधारणको आकार्षण वढेसंगै सोलारको विक्रि समेत बढन थालेको हो । विराटनगर महेन्द्र चौकमा रहेको दिप लाइट ट्रेड एण्ड सप्लायर्सले देनिक ७ देखी ८ वटासम्म सोलार होम सिष्टमको विक्रि गर्ने गरेको जनाएको छ । पहिले हप्तामा एउटा सोलार विक्रि हुने गरेकोमा नाकावन्दीपछी सोलारको विक्रि बढेको सप्लायर्सका संचालक दिपक जोशीले बताउनुभयो । थोक विक्रेताको रुपमा रहेको सो पसलले पुर्वाञ्चलभरीनै सोलार विक्रिगर्दै आएको छ । यातयात नचलेपछी ढुवानीमा समस्या भएको छ । ढुवानी गर्न नसक्दा पुर्वाञ्चलमा माग अनुसार सोलार पठाउन नसकिएको संचालक जोशीले बताउनुभयो । वजारमा ९ हजार देखी दुइलाख रुपैयासम्मको सोलार होम सिष्टम विक्रि भइरहेका छन । त्यसमध्ये ९ हजार रुपैया मुल्यपर्ने सोलार वढि विक्रि हुदै आएका छन । सोलारप्रती आकार्षण वढेसंगे गाउगाउमा मात्र नभएर अहिले मुख्य सहर विराटनगर, ईटहरी, धरान, उर्लाबारी लगायतका सहरमा बढी विक्री हुने गरेको संचालक जोशीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्