लायन्स र लियो क्लब ग्रीनसिटीका पदाधिकारीको पदस्थापन

<span class='c1'>लायन्स र लियो क्लब</span> <span class='c2'>ग्रीनसिटीका पदाधिकारीको पदस्थापन</span>

प्रेम देवान
विराटनगर, २४ मंसिर

लायन्स क्लब अफ विराटनगर ग्रिनसिटी र लियो क्लब अफ विराटनगर ग्रिनसिटीका नवनिर्वाचित पदाधिकारीहरुलाई बुधबार एक कार्यक्रमकाबीच पदस्थापन गराइएको छ ।
विराटनगरमा भएको कार्यक्रममा नवनिर्वाचित लायन्स क्लब अफ विराटनगर ग्रिन सिटीका अध्यक्ष शीतला सुब्बा र लियो क्लब ग्रिन सिटीका अध्यक्ष मनिषकुमार साह तथा पदाधिकारीलाई लायन्स क्लब इन्टरनेशनल ३२५ ए वानका डिस्ट्रिक गभर्नर सुनिलभक्त श्रेष्ठले पदभारसहित सपथग्रहण गराउनु भएको छ ।
सो अवसरमा बोल्दै गभर्नर श्रेष्ठले ग्रिनसिटीको १३ वर्षे इतिहासमा मानवीय सेवाका असंख्य कामहरु गरेको उल्लेख गर्दै आगामी दिनमा समेत नवनिर्वाचित पदाधिकारीहरुले त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । यस्तै नवनिर्वाचित अध्यक्ष शीतला सुब्बाले ग्रिनसिटीको इतिहासमा आफू पहिलो महिला अध्यक्ष निर्वाचित हुन पाएकोमा गौरवान्वित महशुस गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी, लायन्स क्लबका पूर्वडिस्ट्रिक गभर्नर भीम घिमिरे, मल्टिपल डिस्ट्रिक चेयर पर्सन पूmलकुमार लालवानीलगायतले शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरलाई हरीयाली बनाउन आफ्नो ससद कोषबाट एक लाख सहयोग गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्