प्रतितोला १२ सयले बढ्यो सुनको मूल्य

<span class='c1'>प्रतितोला १२ सयले</span> <span class='c2'>बढ्यो सुनको मूल्य</span>

काठमाठौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.एक हजार दुईले बढेर रु.९६ हजार सात सय पुगेको छ ।

फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला रु.९५ हजार पाँच सयमा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९६ हजार दुई सय कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु.९५ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.२० ले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७८ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्