फाल्गुण ६ गते एमसीसी टेबुल हुन्छ : कानुन मन्त्री बडु

<span class='c1'>फाल्गुण ६ गते एमसीसी टेबुल</span> <span class='c2'>हुन्छ : कानुन मन्त्री बडु</span>

काठमाण्डौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले दलहरुबिच सहमति जुटाएर फाल्गुण ६ गते अमेरिकी सहयोग सम्बन्धी परियोेजना (एमसीसी) टेबुल हुने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री यस्तो बताएका हुन् । उनले एमसीसी टेबुल गर्ने विषयमा दलहरुबिच आवश्यक छलफल भईरहेको बताए । उनले छलफलका लागि थप केही समय चाहिने देखिएपछि दुईदिनको समय प्रदान गरिएको जानकारी दिए । उनले भने, 'छलफलका निम्त्ति दलहरुलाई केही समय चाहिन्छ भनेपछि दुई दिनको समय प्रदान गरेर थप सल्लाह र सहमति अनुसार फागुन ६ गतेमा पेश गर्ने तयारी भएको हो ।'

एमसीसी टेबल गर्ने विषयमा अब पर्खिन नसकिने उनको भनाई छ । मन्त्री बडूले भने, एमसीसीलाई धेरै पर्खिनुहुँदैन । यो संसदमा प्रवेश गर्नुपर्छ, र संसदमै टेबल भएर छलफलमा लैजानुपर्छ । सडकमा भइरहेको बहस टुंग्याउने यो मात्र एक उपाय हो ।

यता नेकपा माओवादीले भने एमसीसी टेबल भए सरकार छोडने चेतावनी दिईसकेको छ । केही दलहरु भने एमसीसीका केही बुँदाहरु संशोधन गरेर मात्र टेबुल गरिनुपर्ने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्