काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दलहरुबिचको असहमतिका बाबजुद एमसीसी टेबुल गर्न नहुने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता खनाले यस्तो भनाई आएको हो । उनले अमेरिकी सहयोग सम्बन्धी परियोजना जबरजस्ती टेबुल गर्ने बिषय नभएको बताए । उनले भने, 'वर्षौं लागेपनि सहमति केही हुनुहुँदैन् । संशोधन र परिमार्जन हुनुपर्ने बिषय हुनैपर्छ ।'
एमसीसी सम्झौतामा राष्ट्रिय हित विपरितको विषय भएकाले संशोधन नभएसम्म संसदबाट अनुमोदन गर्न नहुने बिषयमा जोड दिए ।