मेरील्याण्डमा जनवरी ईन्टेक पनि

<span class='c1'>मेरील्याण्डमा जनवरी</span> <span class='c2'>ईन्टेक पनि</span>

बिराटनगर पुस १ ,

बिराटनगर स्थित मेरील्याण्ड कलेजले चार बर्षे व्याचलर डिग्रीको स्पिरिङ शेसनका लागि नयाँ भर्नाको लागि आव्हान गरेको छ। वेलायतको विश्व प्रशिद्ध विश्व बिघालय युनिभर्सिटी अफ उल्भरहयाम्टन संगको साझेदारीमा (बिए अनर्स) इन्टरनेशनल विजनेस म्यानेजमेन्टको कक्षा संचालन हुदै आएको छ । कलेजका अनुसार यस बर्षको स्पिरिङ सेसन जनवरी २०१६ बाट शुरु गरिने छ । विश्व भरि लोकप्रिय वेलायति शिक्षण विधि शिक्षण विधि एल टि डब्लु (लेक्चर ,टिउटोरियल , वर्कशप) मार्फत दिईने शिक्षालाई बिघार्थीहरुले अति नै रुचाउने गरेको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले बताए ।IMG_7963
नेपाल सरकार शिक्षा मन्त्रालयको स्वीकृति र त्रिभुवन विश्व विघालयको समकक्षता पाएको यो डिग्री पूवाञ्चलका बिघार्थीका लागि नयाँ   अवसर हो भन्छन कलेजमा प्रवन्ध निर्देशक भेषराज पोखरेल । पोखरेलका अनुसार यो डिग्री प्राप्त गरेको बिघ्यार्थीले बेलायत , अमेरेिका  जस्ता विकसित देशमा समेत प्रतिस्पर्धा गर्न सक्नेछन । यो कोर्स भारत , श्रीलंका , सिङ्गापुर, चिन लगायत विश्वका विभिन्न देशमा समेत पढाइ  हुदै आएको छ। फुलटाईम फेक्लटि  र फुलटाईम विघ्यार्थी हुने भएकोले अध्ययन अध्यापन अत्यन्त प्रभावकारी हुने र विघ्यार्थीले पुर्ण व्यावहारिक दक्षता प्राप्त गर्ने कुरामा अध्ययनरत विघ्यार्थी पनि ढुक्क देखिन्छन् । यो कोर्स पढ्दा व्यावहारिक ज्ञान बढी पाईने हुनाले पढाइमा कहिल्यै अल्छी नलाग्ने र घर भन्दा पनि कलेज नै प्यारो लाग्ने गर्छ भन्छिन् तेस्रो सेमेस्टर कि छात्रा सुभानी झा ।
यो बर्ष मेरिल्याण्डको यस कोर्समा सिलिगुडी (पश्चिम बङ्गाल) र विहारबाट पनि विघ्यार्थीहरु अध्ययन गर्न आएका छन् । मेरिल्याण्डमा सुलभ खर्चमा विस्वस्तरीय शिक्षा पाईने भएकाले म आकर्षित भएकी हु भन्छिन् बिरगंजबाट आएकी स्नेहा झा ।
मेरिल्याण्ड कलेजमा जनवरी २०१६ को पहिलो हप्ताबाट नयाँ कक्षा संचालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्