मोरङ, पौष ५ गते ।
मोरङ जिल्लाको छुट्टा छुट्ठै दुई स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परी एक प्रहरी सहायक निरीक्षकसहित चार जना घाइते भएका छन्।
मोरङको झुर्कियामा शनिबार सांझ आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा सिमा प्रहरी चौकी डोरियामा कार्यरत प्रहरी सहायक निरीक्षक नवमी ताजपुरिया घाइते भएका छन्। ताजपुरिया सवार मे. २ प ५२६८ नम्बरको मोटरसाइकल सांझ ५ बजेतिर झुर्किया गाविस ६ मा अनियन्त्रित भई दुर्घटना भएको थियो। उनको नाक, टाउको र खुट्टामा चोट लागेको छ।
त्यसैगरी मोरङकै बयरबनमा एक स्कुटरले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीसहित तीण जना घाइते भएका छन्।
घाइतेहरुमा बयरबन ६ बस्ने ४५ वर्षिया बबिता चौधरी तथा स्कुटरका चालक मोरङ बिराटनगर १३ का २३ वर्षिय कमल श्रेष्ठ र पछाडी सवार सोही स्थान बस्ने ४० वर्षिया उर्मिला श्रेष्ठ रहेका छन्।
बयरबन ९ स्थित पूर्वपश्चिम राजमार्गमा को. ९ प ९३१७ नम्बरको स्कुटरले चौधरीलाई ठक्कर दिंदा स्कुटरसमेत अनियन्त्रित भई दुर्घटना भएको थियो।
घाईते सबैको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।