काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।
त्यसपछि प्रहरी नियन्त्रणमा परेका उनी विरुद्ध अनुसन्धान लागि प्रहरीले अदालतसँग म्याद मागेको थियो । अदालतले पहिलो पटक सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।