“मोर्चासँग भइरहेको छलफल सकारात्मक” – प्रचण्ड

<span class='c1'>“मोर्चासँग भइरहेको छलफल सकारात्मक”</span> <span class='c2'>–  प्रचण्ड</span>

बिनु तिम्सिना

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संसोधन विधेयकमा केही परिमार्जन गरेर मधेसी मोर्चासगको वार्तालाई टुंगोमा पु¥याउने प्रयास भइरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसग कुरा गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय मोर्चासँग भइरहेको छलफल सकारात्मक र निश्कषोन्मुख भएको बताउनुभयो । मधेसी मोर्चाले सिमांकन परिमार्जन गर्ने ठोस प्रतिबद्धतासहितको राजनीतिक समिति गठन गरेर संविधान संसोधनमा सहयोग गर्नेमा आफु विश्वस्थ रहेको उहाले बताउनुभयो । मोर्चासँग आज साँझ नै हुने वार्ताबाट निकास खोज्न प्रमुख दलहरुले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले सरकारका काम कारबाही प्रभाबकारी र सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो । तर अहिले नै सरकारबाट फिर्ता हुने विषयमा भने आफुहले नसोचेको उहाले स्पष्ट पार्नुभयो । सरकारले जनताको अपेक्षा, सत्तासाझेदार दलहरुसँगको सहकार्य र मुलुकको आवश्यकता अनुसार काम गर्न नसकेको विषयमा प्रधानमन्त्रीसँग आज पनि गम्भीर कुराकानी भएको उहाँले जानकारी दिनुभयो । आपूmहरुको असहमतिबीच मन्त्रालय विभाजन र मन्त्रीपरिषद विस्तार गरिएको भन्दै अध्यक्ष प्रचण्डले त्यो काम गलत भएको टिप्पणी गर्नुभयो । मुलुकले भोगिरहेको संकट तथा बन्द र नाकाबन्दीको कारण ठूलो आर्थिक क्षति पुगेको बेला मन्त्रालय बिभाजन र मन्त्रीपरिषदको ठूलो आकार निर्माणप्रति आपूmहरु सन्तुष्ट नभएको उहाँले स्पष्ट पार्नुभयो । राज्यमन्त्री पठाउने कि नपठाउने भन्ने बारेमा समेत छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्