सेनाको गोदामबाट राहत सामाग्री गायव

<span class='c1'>सेनाको गोदामबाट राहत</span> <span class='c2'>सामाग्री गायव</span>

गोरखा , पुस १५ । नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने व्यारेकभित्रको गोदामबाट राहत सामाग्री प्रहरीले नै चोरेको घटना सार्वजनिक भएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदाममा रहेको राहत सामाग्री चोरी भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । भूकम्पपीडितका लागि आएका बाल्टी , थाल , प्रेसर कुकर  मध्ये प्रसर कुकर चोरी भएको समितिका एक सदस्यले बताएका छन् ।

भूकम्प पछि गोदामको सुरुक्षा नेपाल प्रहरीलाई दिएको थियो । तर प्रहरीले नै राहत सामाग्री चोर्न  थाले पछि गोदाम नेपाली सेनाको ब्यारेकमा सारिएको थियो । ब्यारेकको भण्डार कक्षबाट पनि स्तरीय , महंगा र राम्रा सामाग्री हराएको कान्तिपुर दैनिकको समाचार उल्लेख गरिएको छ । समितिका एक सदस्यका अनुसार राहत सामाग्री कर्मचारी , सेना , प्रहरीले रक्सी र लोकल कुरखुरासंग साटेर भोज गरेका छन् ।भोजमा प्रमुख  जिल्ला असधिकारी समेत सहभागी भएको ब्यारेक स्रोतले बताएको छ ।     कति राहत सामाग्री आए । कति गोदाममा बाँकी छन् ,आधिकारिक तथ्यांक समितिसंग छैन् ।

'सयौं राम्रा  टेण्ट , ब्ल्यांकेट , कुकर , फिल्टर र चामल लगायत खाद्यान्न कर्मचारी र सेना , प्रहरीका अधिकृतले घरसम्म पुर्याए , गोदाममा खटिएका एक कर्मचारीले भने ।'

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्