पत्नीसँग विवादपछि आफ्नै घरमा आगजनी

<span class='c1'>पत्नीसँग विवादपछि आफ्नै</span> <span class='c2'>घरमा आगजनी</span>

फिदिम, पुस १६ । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मुसाङ्लेका ७३ वर्षीय काजीमान लिम्बूले आफ्नै घरमा आगो लगाएका छन् ।

श्रीमती ६२ वर्षीया सोममायासँग भएको सामान्य घरायसी विवादलाई लिएर काजीमानले आफ्नै दुई वटा घर र ग्वालीमा आगो लगाउँदा अन्दाजी रु १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय वसन्तपुरकाप्रमुख मोहन खतिवडाले जानकारी दिए ।

केही समययता नियमित रुपमा घरायसी झगडा हुने गरेको र बुधबार बिहान पनि सदाझैँ सामान्य विवादपछि घर बाहिर निस्किएका उनले सलाई कोरेर घर र ग्वालीमा आगो लगाएको प्रहरीले जनाएको छ ।

आगलागीबाट लिम्बूको दुईवटा घरमा रहेको लत्ताकपडा, काठ, सामान र अन्नपातसमेत जलेर नष्ट भएको छ । घटनापछि काजीमानलाई इलाका प्रहरी कार्यालय वसन्तपुरले पक्राउ गरी अनुसन्धान थालेको छ । (रासस)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्