आजबाट साफ च्याम्पियनसिप फुटबलमा सेमिफाईनल

<span class='c1'>आजबाट साफ च्याम्पियनसिप</span> <span class='c2'>फुटबलमा सेमिफाईनल</span>

पौष १६, काठमाडौं ।

साफ च्याम्पियनसिप फुटबलमा आज सेमिफाईनलका खेलहरु हुदैछन् । डिफेन्डिङ च्याम्पियन अफ्गानिस्तानले श्रीलंका तथा आयोजक भारतले माल्दिभ्ससंग प्रतिस्पर्धा गर्दैछ ।

अफ्गानिस्तान र भारत समुह विजेता बन्दै अन्तिम ४ मा प्रवेश गरेका थिए ।  भारत र माल्दिभ्सबीचको खेल केरेलास्थित त्रिवेन्दम रंगशालामा दिउँसो ४ बजे सुरु हुनेछ । दोस्रो खेलमा अफ्गानिस्तान र श्रीलंका बेलुका ७ बजे भिड्नेछन् ।

समुह बी विजेता बन्ने क्रममा अफ्गानिस्तानले समुह चरणमा बंगलादेशलाई ४–० ले, भुटानलाई ३–० र माल्दिभ्सलाई ४–१ ले पराजित गरेको थियो । भारतले समुह चरणमा नेपाललाई ४–१ र श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै समुह विजेता बनेको थियो ।

अफ्गानिस्तानले एसियाली फुटबल महासंघको सदस्यता दक्षिणबाट मध्यक्षेत्रमा सारिसकेकाले साविक विजेताकालागि साफ च्याम्पियनसिप अन्तिम सहभागिता रहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्