बिराटनगर पुस २९
लायन्स क्लब अफ विराटनगर युनाइटेडकाे अायाेजना र युथ फर ब्लडकाे सहकार्यमा अरनिको कलेज विराटनगरमा कलेज सचेतना कार्यक्रम अायाेजना भएकाे छ । कलेजका एघार सय बिद्यार्थी माझ युथ फर ब्लडका युवाहरुले रक्तदान र राहत बारे जनचेतना कक्षा संचालन गरेका थिए । साथै आज अरनिको कलेजमा रक्तदान कार्यक्रम आयोजना गरिने कार्यक्रम संयाेजक अंकित दासले जानकारी दिए । साथै आगामी माघ ६ र ७ गते बिराटनगर कै मेरिल्याण्ड कलेजमा सचेतना कार्यक्रम आयोजना गरिने पनि दासले बताए ।