सुन्दरहरैंचामा विज्ञता पोख्न डा.भट्टराईको मेयर पदमा स्वतन्त्र उमेदवारी

<span class='c1'>सुन्दरहरैंचामा विज्ञता पोख्न डा.भट्टराईको</span> <span class='c2'>मेयर पदमा स्वतन्त्र उमेदवारी</span>

विराटनगर । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मोरङको सुन्दरहरैंचा नगरपालिका–५ का डा.प्रकाश भट्टराईले मेयर पदका लागि स्वतन्त्र उमेदवारीको घोषणा गरेका छन् । राजनीतिक दलभन्दा भिन्न रहेर स्वतन्त्र उमेदवारको रुपमा उनले उमेदवारी घोषणा गरेका हुन् ।

शान्ति तथा द्वन्द्व विषयमा न्यूजील्याण्डको ओटागो विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका भट्टराई अन्तर्राष्ट्रिय द्वन्द्व व्यवस्थापन विषयमा अमेरिकाको नोट्रेडाम विश्वविद्यालयबाट स्नातकोत्तर (एमए) पनि हुन् । जनसङ्ख्या अध्ययन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर(एमए) गरेका उनी कक्षा १ देखि एसएलसीसम्म साजीलाल उच्च मा.वि., सुन्दरहरैँचाका विद्यार्थी समेत हुन् ।
अध्ययनको उपल्लो तह पूरा गरेका भट्टराईसँग अन्य अनुभव पनि उस्तै छ । एशिया ग्लोबल फेलो, हङकङ विश्वविद्यालय, अतिथि अनुसन्धान फेलो उप्साला विश्वविद्यालय स्वीडेनसँग जोडिएर काम गरेको अनुभव उनीसँग छ ।

सामाजिक अभियन्ता, नीतिविश्लेषक तथा अनुसन्धानकर्ताको परिचय बनाएका भट्टराई लोकतन्त्र, सुशासन तथा सामाजिक न्यायको अभियानमा नेतृत्वदायी र व्यवसायिक भूमिकामा विगत २० वर्षदेखि अनवरत क्रियाशील छन् । राष्ट्रिय तथ ाअन्तर्राष्ट्रिय गैरसकारी संस्थातथा संयुक्त राष्ट्रसङ्घीय निकायहरूमा व्यवस्थापन, परामर्शदाता, निर्देशकजस्ता महत्वपूर्ण जिम्मेवारीमा निर्वाह, सार्वजनिक नीति, सामाजिक विकास, सङ्घीयता, स्थानीय शासन प्रणाली, द्वन्द्वव्यवस्थापन, मानवअधिकार सुशासन, लोकतन्त्र, आप्रवासन, लैङ्गिकता जस्ता विषयमा अनुसन्धान, नीतिविश्लेषक तथा परियोजना व्यवस्थापनको भूमिका, नेपाललगायत अमेरिका, स्वीडेन, जर्मनी, हङकङ, फिलिपिन्स श्रीलंकालगायतका देशहरूमा प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यमा संलग्न, नेपालका ५० भन्दा बढी जिल्लाहरूको विकास प्रकृया तथा स्थानीय सरकारका गतिविधिहरूको प्रभावकारिता सम्बन्धमा अध्ययन तथा विश्लेषण कार्यमा संलग्न भएको अनुभव पनि छ ।

यतिधेरै अवसर र अनुभव हाँसिल गरेका डा.भट्टराईले बुधबार सुन्दरहरैचामा पत्रकार सम्मेलन गरेर आफ्नो उमेदवारी बारे धारणा सार्वजानिक गरेका छन् ।

दलीय स्वार्थ भन्दामाथि उठेर आफ्नो विज्ञता, योग्यता र अनुभवको सही सदुपयोग गर्न सुन्दरहरैँचा नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको छु । मेरा योजना, कार्यक्रम तथा लक्ष्यहरू बारे अवगत गराउन र तपाईंहरूका विचार सुन्न तपार्इं नगरबासीसँग प्रत्यक्ष अन्तरक्रिया गर्न चाहान्छु । यसका लागि यहाँहरूको घरदैलो तथा टोलटोलमा छिट्टै नै आउँदैछु, डा.भट्टराईले पत्रकार सम्मेलनमार्फत भनेका छन् ।

मेयर पदमा निर्वाचित भई म जन्मे हुर्केको सुन्दरहरैँचालाई सुन्दररव्यवस्थित बनाउने सपनालाई मूर्तरूप प्रदान गर्न यहाँहरूको भरपर्दो साथ, सहयोग र समर्थनको अपेक्षा गरेको छु। आशा छ यहाँहरू सबैको साथ र सहयोगले सुन्दरहरैँचा नगरबासीलाई निस्वार्थ ढङ्गले सेवा गर्ने अवसर प्राप्त गर्नेछु । उनले मतदाताबीच आफ्नो अनुभव स्थानीय माटोमा पोख्न चाहेको दावी गरेका छन् ।

देशमा सङ्घीय व्यवस्था शुरु भएपछि दोस्रोपटक हुन लागेको यो निर्वाचन हाम्रा लागि अत्यन्त महत्वपूर्ण छ । स्थानीय सरकार सञ्चालनको विगत पाँच वर्षको अनुभवबाट हामीले सिकेको पाठ के हो भने सही नेतृत्व छनौट हुन नसक्दा, त्यसको प्रत्यक्ष असर स्थानीय सरकारले दिने सेवा प्रवाह, विकासका कार्य तथा समग्र शासन प्रक्रियामा नै पर्दोरहेछ । स्थानीय सरकार केही सीमित व्यक्ति तथा दलहरूले रजगज गर्ने, नागरिकका गहन प्राथमिकता भन्दा बाहिरका निहित स्वार्थ पूर्ति गर्ने किसिमका विकास योजनामात्र लागु गर्ने प्रणालीलाई बढावा दिने थलोका रूपमा विकास हुँदै गएको छ। यी सबै विसंगतिहरुको अन्त्यको लागि सङ्घीयता, लोकतन्त्र र नेपालको विकास आयामलाई राम्रोसँग बुझेका व्यक्ति स्थानीय सरकारको नेतृत्वमा आउनु आजको अपरिहार्य आबस्यकता देखिएको छ, भट्टराईले आफ्नो उमेद्वारी बारे प्रष्ट पार्दै भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्