नरग्राम विद्यालयको प्राचार्यमा राई

<span class='c1'>नरग्राम विद्यालयको</span> <span class='c2'>प्राचार्यमा राई</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-१ स्थित श्री नरग्राम नमूना माध्यमिक विद्यालयमा नयाँ प्राचार्य नियुक्त भएका छन् ।

विद्यालयका प्राचार्य भीमबहादुर बस्नेत सेवानिवृत्त भएपछि नरेन्द्र राई नयाँ प्राचार्य नियुक्त हुनु भएको हो ।

शिक्षण पेसामा ३६ वर्षदेखि कार्यरत राई नरग्रामका सहप्राचार्य हुनुहुन्थ्यो । उहाँले १३ महिनासम्म मात्रै प्राचार्यको भूमिका निर्वाह गर्नुहुनेछ । १३ महिनापछि अनिवार्य अवकास हुनेछ । मोरङका सामुदायिक विद्यालयमध्ये राम्रो मानिएको नरग्राममा नेपाली र अग्रेंजी माध्यमबाट पढाई हुन्छ । विद्यालयमा एक हजार ५०० विद्यार्थी अध्ययनरत रहेका छन् । त्यस बाहेक कक्षा ११ र १२ को समेत पढाई हुँदै आएको छ । गुणस्तर, बालमैत्री शिक्षासँगै अतिरिक्त क्रियाकलापमा जोड दिदैं आएको विद्यालयमा कृषि विषयको अध्यापन समेत हुँदै आएको छ ।

प्राचार्यमा नियुक्त राईले अभिभावक र शिक्षकसँग परामर्श गरेर विद्यालय सुधार योजना ल्याउने बताउनुभयो । आगामी भदौमा नरग्राम विद्यालय स्थापनाको ७५ वर्ष पुग्दैछ । त्यस अवसरमा विद्यालयले विशेष समारोह आयोजना गर्ने प्राचार्य राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्