मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै

<span class='c1'>मिथिलाञ्चल क्षेत्रमा आज चैती</span> <span class='c2'>छठ पर्व मनाइँदै</span>

मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदैछ । मंगलबारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन अर्थात बिहीबार मुख्य दिन हो । आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिँदै शुक्रबार विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ । खरनाको अवसरमा ब्रतालुहरु निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने खाने चलन छ । प्रसादमा खीर ,केरा, दुध एवम् मिठा राखेर बनाइएका विभिन्न परिकारसहित फलफुल चढाइने गरिन्छ ।

पर्वको तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्छन् । त्यसमा सूर्य अस्ताउनु एकघण्टा पूर्व देखिनै ब्रतालुहरु पोखरीमा प्रवेश गरि खष्ठीमाताको पूजा गर्दै सूर्य देवलाई अर्घ दिइन्छ । अर्घमा मुला, उँखु, भण्टा, मिठाको ठकुवा, भुसवा ,केरा, नरिवललागायतका सामग्रीहरु चढाउने परम्परा छ । सन्ध्या अर्घपछि रातभरि ब्रतालुहरु जागरण बसि भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्