विराटनगरमा अर्को शिलन्यास बिफल, पोखरीया उच्च माविको भवन निर्माण रोकियो

<span class='c1'>विराटनगरमा अर्को शिलन्यास बिफल, पोखरीया</span> <span class='c2'>उच्च माविको भवन निर्माण रोकियो</span>

विराटनगर । विराटनगरमा निर्माणका लागि शिलन्यास भएका अधिकांश योजनाहरु अगाडी बढाउन उल्झन देखिएका बेला पोखरीया उच्च माध्यमिक विद्यालयको नयाँ भवनको निर्माण समेत रोकिएको छ । गत मंसिर २१ गते महानगरका मेयर भीम पराजुलीले स्थानीयलाई थामथुम बनाएर भवनको शिलन्यास गरेपनि त्यसको निर्माणको काममा अवरोध भएको हो ।

पोखरीयाको भवन निर्माण अवरोधसँगै विराटनगरमा मेयर पराजुलीले शिलन्यास गरेका अधिकांश योजना त्यसै अलपत्र भएका छन् । गतवर्ष चैतमा आकाशे पुलको शिलन्यास भएको थियो । त्यो पनि उल्झनकै कारण अगाडी बढ्न सकेन । विराटनगर प्रवेश गर्ने स्थान ढाटमा स्वागतद्वार निर्माणको काम समेत अगाडी बढ्न सकेन । भ्यूटावर समेत शिलन्यासपछि काम अगाडी बढ्न सकेन । विराटनगर महानगरपालिका स्रोतका अनुसार शिलन्यास गरिएको अधिकांश योजनामा विवाद हुँदा सार्थकता पाउन नसकेको हो ।
विराटनगर–३ स्थित पोखरीया उच्च माध्यमिक विद्यालयको नयाँ भवन शिलन्यासस्थलको जग्गा विवाद अदालतमा पुगेपछि निर्माण रोकिएको हो ।

संघीय सरकारको नमूना विद्यालय अन्तर्गत १२ करोड रुपिँया लागतमा पाँचवटा भवन निर्माण गर्ने योजना रहेको थियो । आगामी २०८२ सालसम्ममा आकर्षक र आधुनिक पाँचवटा भवन निर्माण गरिसक्ने योजना जग्गा विवादका कारण बीचमै अलपत्र पर्ने देखिएको छ ।
विराटनगर महानगरपालिकाले विद्यालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो । २०२८ सालमा सितलु राजबंशीले सत्यनारायण मन्दिरको नाममा हस्तान्तरण गरेको जग्गा अहिले महानगरपालिकाले बाँडचुड गर्दै आएको छ । राजबंशीको निधनपछि उक्त जग्गा धर्मपुत्र गणेश राजबंशीले रेखदेख गर्दै आएका थिए । निजी गुठीको जग्गा महानगरको स्वामित्वबाट विभिन्न संघ संस्थालाई उपयोग गर्न दिदैं आएको छ ।

महानगरले विद्यालयको भवन शिलन्यास गरेका दिन गणेश राजबंशीकी छोरी गिता राजबंशीसहितले अवरोध गर्न खोजेका थिए । मेयर पराजुलीले तत्कालिन सितलु राजबंशी परिवारका नातेदारलाई २ कठ्ठा जग्गाको भोगाधिकार दिने सहमति गराएर भवन शिलन्यास गरिएको थियो । ९० वर्षसम्म विद्यालयले उक्त जग्गा उपयोग गर्न पाउने गरि दिएपनि अहिले राजबंशी परिवारले निजी गुठीका जग्गा महानगरले क
बजा गरेको भन्दै अदालतमा सम्पूर्ण निर्माण कार्य रोक्नुपर्ने माग गर्दै अदालतको सहारा लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्