नेपाल बार एसोसिएसनको अध्यक्षमा घिमिरे विजयी

<span class='c1'>नेपाल बार एसोसिएसनको</span> <span class='c2'>अध्यक्षमा घिमिरे विजयी</span>

विराटनगर । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । ४४ सय ७४ मत ल्याएर अध्यक्ष पदमा घिमिरे विजयी भएको एसोसिएसनको निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए ।

घिमिरेका निकटम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत प्राप्त गरेकाे केसीले बताए । यसैगरी, महासचिव अन्जिता खनाल विजयी भएकी छिन्। खनालले ३६ सय ८२ मत ल्याएकी छन् उनका निकटम प्रतिद्वन्द्वी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् ।

भरतबहादुर राउत बारको कोषअध्यक्षमा विजयी भएका छन् उनले चार हजार ३६ मत ल्याएका छन् । । राउतको प्रतिद्वन्द्वी जगतबहादुर कार्कीले २८ सय १८ मत प्राप्त गरेका थिए।

अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्