कवि जयप्रसाद पाण्डेको दुईवटा कवितासंग्रह विमोचन

<span class='c1'>कवि जयप्रसाद पाण्डेको</span> <span class='c2'>दुईवटा कवितासंग्रह विमोचन</span>

विराटनगर । कवि जयप्रसाद पाण्डेद्वारा लिखित दुईवटा कवितासंग्रहको शनिबार विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ ।
प्रतिभा पुरस्कार प्रतिष्ठान र पूर्वाञ्चल साहित्य प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा कवि पाण्डेद्वारा लिखित ‘मनोलय’ र ‘आफ्नै स्वर आफ्नै सुर’ कवितासंग्रहको विमोचन गरिएको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई, वरिष्ठ समालोचक प्राज्ञ दधिराज सुवेदी, साहित्यकार डा. विष्णुसिंह राई, प्राज्ञ विवश पोखरेल, संगीतकार कुशेश्वर राई, प्राज्ञ एनपी आचार्य, साहित्यकार मुक्ति उपाध्यायलगायतले संयुक्त रुपमा कवितासंग्रहको विमोचन गरेका थिए ।
विमोचित कृति ‘मनोलय’ का बारेमा समालोचक प्राध्यापक गंगाधर कट्टेल र ‘आफ्नै स्वर आफ्नै सुर’ कवितासंग्रहका विषयमा साहित्यकार भूषण ढुंगेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गरे । प्राज्ञ दधिराज सुवेदीले परिचय प्रस्तुत गर्दै कवि पाण्डेले राष्ट्रवादी लेखनमा छुट्टै पहिचान बनाएको बताए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. डा. गोविन्दराज भट्टराई, प्राज्ञ विवश पोखरेल, साहित्यकार डा. विष्णुसिंह राई, कवि एवं पत्रकार मीनकुमार नवोदित, भारतको सिलिगुढीका साहित्यकार मुक्ति उपाध्यायलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको ‘मनोलय’ मा ५६ र प्रतिभा पुरस्कार प्रतिष्ठानले प्रकाशित गरेको ‘आफ्नै स्वर आफ्नै सुर’ संग्रहभित्र ८२ वटा कविता समावेश गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्