युवा संघ नेपालले मोरङको रंगेलीमा वहत जनसभा गर्ने

<span class='c1'>युवा संघ नेपालले मोरङको</span> <span class='c2'>रंगेलीमा वहत जनसभा गर्ने</span>

बिराटनगर माघ ४ ,

युवा संघ नेपालको तराई मधेश मधेश सम्बाद तथा जागरण अभियान अन्र्तगत मोरङको रंगेलीमा वहत जनसभा गरिने भएको छ । जनसभाका लागि युवा संघ मोरङले तयारी तीव्र पारेको छ ।  आमसभालाई लक्षित गरि थालेको युवा संघले रंगेलीमा वहृत सरसफाई कार्यक्रम गरेको छ । सरसफाई कार्यक्रममा युवा संघका कार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको थियो । उनीहरुले रंगेली बजारको अस्पताल चोक, खानेपानी रोड, बसपार्क, चौक र डाईनिया रोडको दायाबाया सडकमा रहेको फोहर कुचो लिएर सफाई गरेका थिए ।

रंगेलीको मुख्य स्थानहरुमा डस्वीन पनि राखिएको युवा संघ मोरङ अध्यक्ष मुकेश वुढाथोकीले वताउनुभयो । सरसफाई कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा कोशी इन्चार्ज  जीवन घिमिरे, मोरङ सह इन्चार्ज रुपनारायण श्रेष्ठ, मोरङ अध्यक्ष महेश रेग्मी, सचिव ऋषिकेश पोखरेल,  पुर्व अध्यक्ष विनोद ढकाल, युवा संघ नेपालका केन्द्रीय सचिव पर्शुराम बस्नेत, कोशी इन्चार्ज रविन थापा, एमाले क्षेत्रीय इन्चार्ज नारायण खतिवडा, नेताहरु दिनेश ठाकुर, दुर्गा विष्ट, इर्जालाल राजवंशी, सन्तलाल खवास लगायतको उपस्थिति रहेको थियो ।

संविधानबारे मधेशमा रहेको भ्रमबारे प्रष्ट पार्न माघ ७ गते रंगेलीमा आयोजना हुन लागेको बृहत आमसभालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, नेताहरु सत्यनारायण मण्डल, लालवावु पण्डित, युवा संघका पुर्व अध्यक्ष महेश वस्नेत लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्