विराटनगर । मोरङको जहदामा श्रीमतीको हत्या आरोप लागेका श्रीमान् फरार भएका छन् । मोरङ प्रहरीका अनुसार जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले श्रीमती ३२ वर्षीया पानो टुडुको कुटपिटबाट हत्या गरेको आरोप लागेको हो । मदिरा खाएका उनले श्रीमतीलाई कुटपिट गर्ने क्रममा घाइते भएकी थिइन् ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपकश्रेष्ठका अनुसार नारायणले मादक पदार्थ सेवन गरेर चैत २९ गते पत्नीलाई कुटपिट गरेका थिए ।
कुटपिट बाट घाइते भएकी पानो को उपचारका क्रममा बिहीबार राति विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पत्नीको हत्यामा संलग्न नारायण फरार रहेकाले खोजी तीव्र पारेर घटनाको अनुसन्धान थालिएको जानकारी श्रेष्ठले दिए ।