नेपाली काँग्रेसबाट विराटनगरको उपमेयरमा ११ जनाको नाम सिफारिस

<span class='c1'>नेपाली काँग्रेसबाट विराटनगरको उपमेयरमा</span> <span class='c2'>११ जनाको नाम सिफारिस</span>

विराटनगर । नेपाली काँग्रेस महानगर समितिले विराटनगरको उपमेयरका लागि ११ जनाको नाम प्रस्ताव गरेको छ ।

नेपाली काँग्रेस महानगरका सभापति पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई सातजना मेयर र ११ जना उपमेयरको नामावलीसहितको सिफारिस बुझाउनु भएको हो ।

उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा.सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।

महानगरको मेयरमा महिला उमेदवार हुनसक्ने संभावनालाई आंकलन गर्दै उपमेयर पदका लागि पुरुषको समेत नाम सिफारिस गरिएको छ । मेयरमा डा.डिला संग्रौला वा वहालवाला उपमेयर इन्दिरा कार्कीले टिकट पाए पुरुषबाट उपमेयर हुनेछन् ।

विराटनगरमा कुनैपनि गठबन्धन र तालमेल नगर्ने सुझावसहित एकल निर्वाचनमा जानका लागि नामहरु सिफारिस गरेका छौं, महानगरसभापति चापागाँईले भन्नुभयो–अन्तिम नामको निर्णय गर्ने अधिकार केन्द्रीय कार्यालयलाई छ, त्यसले नाम टुङ्गो लगाएसँगै निर्वाचनमा होमिने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्